• Thursday 8th of October 2026

दुर्घटनामा ज्यान गएका दम्पतीको एकै चितामा अन्त्येष्टि


  • धनकुटा खबर
  • .

ढल्केवर : धनुषामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका दम्पतीको आज एकै चितामा अन्त्येष्टि गरिएको छ। जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–२ नकटाझिज नजिक भएको दुर्घटनामा मिथिला नगरपालिका–१ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया श्रीमती सुमित्रा देवी महतोको मृत्यु भएको हो।

जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३१ च २०३६ नम्बरको कारले उनीहरू सवार साइकललाई ठक्कर दिँदा सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको थियो। श्रीमान् राजकुमार महतो गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते राजकुमारको जनकपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।दुर्घटनामा संलग्न कार र चालक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

परिवारका अनुसार आज दुबै दम्पतीको एकै चितामा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖