• Thursday 8th of October 2026

आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका पुरुषको मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष आगोले जलेर लडिरहेको देखेपछि ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोली ८ बजे घटनास्थल पुगेर ९० प्रतिशत शरीर जलेका घाइतेलाई तत्काल सीटी हेल्थ केयर लालबन्दी उपचारको लागि पठाएको थियो ।

अवस्था गम्भीर भएपछि उनलाई राति ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। राति २ बजेर १९ मिनेटमा उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको जनकपुर अस्पतालले जनाएको छ।

पहिचान खुलाउने क्रममा मृतकको मोबाइलबाट सम्पर्क खोज्दा उनी झापा, गौरादह नगरपालिका–२ का सूर्यप्रसाद पोख्रेल रहेको पुष्टि भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖