• Thursday 8th of October 2026

पानी उद्योगमा कार्यरत कर्मचारीको घाँटी रेटेर हत्या


  • धनकुटा खबर
  • .

बारा । बाराको प्रसौनी गाँउपालिका–६ भलुहीस्थित पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ ।

सो उद्योगमा कार्यरत कर्मचारी रामकिशोर सिंहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

४२ वर्षीय सिंह सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय बाराले सिंहको हत्या भएको घटनाबारे बिहान करिब ८ बजेतिर मात्रै सूचना प्राप्त भएको जनाएको छ ।

जिप्रका बाराका प्रवक्ता विजय पण्डितले सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र घाँटी रेटेर हत्या भएको अवस्थामा फेला पारेको बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖