• Thursday 8th of October 2026

करिश्माले माफी मागिन् : कुर्सीलाई ढोगिन्, कान समातेर उठ्बस गरिन्


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठले खुट्टाले कुर्सीलाई टेकेको घटनामा माफी मागेकी छिन् । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल हेर्ने क्रममा उनले खुट्टाले कुर्सीमा टेकेको फोटो सार्वजनिक गरेकी थिइन् ।

फोटो भाइरल मात्र भएन, उनले चौतर्फी गाली खानुपर्‍यो । सामाजिक सञ्जाल प्रयोगकर्ताले सेलिब्रेटी भएर संस्कार बिर्सिएको आरोप लगाए ।

विहिबार इन्स्टाग्राममा नयाँ रिल्स पोस्ट गर्दै करिश्माले माफी मागेकी छिन् । रिल्समा उनले कुर्सीलाई निहुरिएर ढोगेको, कान समातेर उठ्बस गरेकोदेखि खसेका फोहोर संकलन गरेको देखिन्छ ।

‘हो मैले व्यक्तिगतरुपमा कुर्सीसँग माफी मागेँ । तपाईंहरू सबैलाई स्पष्ट पार्न चाहन्छु- कसैलाई अनादर गर्ने मेरो उद्देश्य थिएन । यो एउटा तीव्र गतिको पोज थियो र मेरो खुट्टा केही सेकेन्डको लागि कुर्सीमा थियो । मलाई थाहा थिएन कि यो आपत्तिजनक देखिन्छ । तैपनि, यदि यसले कसैलाई असर पारेको छ भने साँच्चै माफी चाहन्छु ।’

एनपीएल सुरु भएदेखि नै करिश्मा नियमितरुपमा त्रिवि क्रिकेट मैदानमा पुगिरहेकी छिन् । करिश्माले एउटा साथी, लभ सब, बाबु कान्छा, मायावी, ११ः५५ जस्ता फिल्ममा अभिनय गरेकी छिन् । मोडल समेत रहेकी उनी पछिल्लो कन्टेन्ट क्रिएसनमा समेत ब्यस्त छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖