अभिनेत्री करिश्मा श्रेष्ठले NPL खेल हेर्दा खुट्टा कुर्सीमा टेकेको फोटो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेकी छिन्।
सामाजिक सञ्जालमा आलोचना बढेपछि उनले इन्स्टाग्राममार्फत कुर्सीलाई ढोगेको र कान समातेको भिडियोसहित क्षमा याचना गर्दै त्यो पोज केही सेकेन्डको लागि मात्र भएको र कसैलाई अनादर गर्ने उद्देश्य नभएको स्पष्ट पारेकी छन्।
करिश्मा पछिल्ला दिनमा त्रिवि क्रिकेट मैदानमा नियमित उपस्थित भइरहेकी छन् र फिल्म तथा कन्टेन्ट क्रिएसनमा सक्रिय छिन्।
