• Thursday 8th of October 2026

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

दुर्घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएकाे जनाइएकाे छ । उद्धार टोलीका अनुसार ११ जना यात्रु बोकेको गाडी खाल्डोमा खसेको थियो । गाडीमा केही विद्यालयका विद्यार्थीहरू समेत थिए ।

उद्धार टोलीका अनुसार घटनास्थलमै ३ जनाको मृत्यु भएकाे छ । घाइते ७ जनालाई अस्पतालमा पुर्याइएकाे थियाे, जसमध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएकाे हाे ।

घाइतेमध्ये २ जना गम्भीर अवस्थामा रहेकाले आयुब स्वास्थ्य केन्द्रमा सारिएकाे जनाइएकाे छ । पाकिस्तानमा खराब सडक अवस्था र यातायात नियमको अवहेलनाका कारण सडक दुर्घटना हुने जोखिम बढिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖