• Thursday 8th of October 2026

रोकिराखेको बस पल्टियो, १८ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखामा रोकिराखेको बस पल्टिएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको गोरखाका एसपी भरत विकले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको एसपी विकले जानकारी दिए । अन्य घाइतेहरूको गोरखा अस्पतालमा उपचार हुँदैछ ।

घाइतेहरूको अवस्था मध्यम र सामान्य छ । आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖