• Thursday 8th of October 2026

जेनजी प्रदर्शनको क्रममा एआईजीको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका–४ स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए ।

आगजनीमा संलग्नहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ घर भएका ४५ वर्षीय रुपेश बुढाथोकी, गोरखाको गण्डकी गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २ जना छन् ।

आरोपीहरूबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖