• Thursday 8th of October 2026

परस्त्री वा परपुरुषको पोष्टमा लाइक गरे डिभोर्स हुन सक्ने


  • धनकुटा खबर
  • .

टर्कीको कायसेरी शहरस्थित एक अदालतले सामाजिक सञ्जालमा गरिने ‘लाइक’ लाई पनि विश्वासघात वा वैवाहिक सम्बन्ध बिगार्ने पार्ने कार्य मान्न सकिने निर्णय सुनाएको छ । यस फैसलाले सामाजिक सञ्जालको व्यवहार नै विवाह विच्छेदका मुद्दामा प्रमुख प्रमाण बन्न सक्ने भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रिपोर्टअनुसार, एक दम्पतीबीच चलेको मुद्दामा अदालतले फेसबुक/इन्स्टाग्राममा अरू व्यक्तिको सामग्री लाइक गर्नु वैवाहिक विश्वासमाथि आघात पुर‍्‍याउने र पति-पत्नीबीचको निष्ठाको आधार कमजोर गर्ने निष्कर्ष निकालेको हो ।

अदालतले आफ्नो आदेशमा भनेको छ- ‘यदि सामाजिक सञ्जालमा गरिएको ‘लाइक’ वा प्रतिक्रिया यस्तो प्रकारको छ जसले वैवाहिक विश्वासमा चोट पुर्‍याउँछ भने, यसलाई विवाह विच्छेदका आधारमा समावेश गर्न सकिन्छ ।’

कायसेरी अदालतको यस निर्णयलाई टर्कीमा पहिलो नैतिक-डिजिटल निर्णय मानिएको छ, जसले अबदेखि सामाजिक सञ्जालको व्यवहार कानुनी विवादमा ठोस प्रमाण बन्न सक्नेछ ।

कानुनी विशेषज्ञहरूका अनुसार यसले आगामी वर्षहरूमा हजारौँ वैवाहिक विवादका मुद्दामा सामाजिक सञ्जालको गतिविधि छानबिनको दायरामा ल्याउनेछ । अदालतहरूले अब डिजिटल क्रियाकलापलाई ‘व्यक्तिगत-निजी व्यवहार’ मान्ने छैनन् ।

टर्कीमा पछिल्ला वर्षहरूमा अनुचित मेसेजिङ, गोप्य च्याट, अनलाइन सम्बन्ध, अत्यधिक सामाजिक सञ्जाल सक्रियता विवाह टुट्ने प्रमुख कारणका रूपमा देखिएका छन्।

कायसेरी अदालतको नयाँ फैसला यस प्रवृत्तिलाई कानुनी रूपमा अझ औपचारिक मान्यता दिएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖