तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडबरामा आज कुलपूजा सम्पन्न गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।
खप्तडी बस्नेतको कुलपूजामा सहभागी भएका कोठरी निवासी ६७ वर्षिय हर्ष बहादुर बस्नेत (भिलिमिली) को मुटु दुखेपछि मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
