डेढ वर्ष पहिला सिन्धुपाल्चोकी २८ वर्षीय दार्सिङ शर्मिला तामाङ छोराको उज्ज्वल भविष्य बनाउन भन्दै अवैध बाटो हुँदै कुवेत पुगेकी थिइन् ।
कुवेत पुगेको एक वर्षपछि उनी बिरामी परिन् कयौँ पटक उनी घर फर्किन खोजिन् तर न त त्यहाँ काम गर्ने साहुले नै घर पठायो न त नेपालबाट कुवेत पुर्याउने दलालले नै निकाल्ने प्रयास गर्यो ।
अन्तत उनी सिकिस्ता परेर आइसियुमा भर्ना भएर छ महिना अस्पतालमा बसिन्।
उपचारमा धेरै ढिलाई भएकाले उनको उपचार हुन सकेन अन्तत संसारबाट बिदा भइ न अहिले उनको सब नेपाल आइपुगेको छ ।
