• Thursday 8th of October 2026

वडाध्यक्ष थापाको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।

हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा थापाको बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖