• Friday 9th of October 2026

रसबरी सकिएपछि बिहेभोजमा रडाको


  • धनकुटा खबर
  • .

भारतको बिहारमा आयोजित एक विवाह भोजमा रसबरी सकिएपछि बेहुला र बेहुली पक्षबीच झडप भएको छ । रसबरी नपाएको झोंकमा भोजमा सहभागी आगन्तुकबीच मुक्का हानाहान भएको छ ।

बोधगयामा हालै भएको एउटा विवाह समारोहमा रसबरी सकिएपछि भएको बबालबारे भारतीय सञ्चारमाध्यममा भाइरल भएको छ ।

रिसको झोंकमा मण्डपमा राखिएका कुर्सीसमेत उठाएर एक आपसमा हिर्काइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार दुलही पक्ष होटलमा बसेको थियो भने दुलाहा पक्ष नजिकैको गाउँबाट आएको थियो।

सहभागीहरूले कुर्सी, प्लेटलगायतका सामग्री एक–अर्कामाथि फ्याँकेपछि अवस्था भयावह भयो । हिंसात्मक घटनालाई प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖