• Thursday 8th of October 2026

सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते


  • धनकुटा खबर
  • .

रौतहट। रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका-६ मोतियाही पुल नजिकमा सवारी दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका हुन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहट बृन्दावन नगरपालिका-२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किँदा उक्त घटना भएको प्रहरीले जनकारी दिएको छ।

घटनापछि बस चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖