• Thursday 8th of October 2026

लमही बजारमा चल्यो गोली,गोली लागेर पसल सञ्चालक घाइते


  • धनकुटा खबर
  • .

दाङ । लमही बजारमा दिनदहाडै गोली चलेको छ ।

लमही बजारस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली लागेर पसल सञ्चालक सामान्य घाइते छन् । सुन पसल लुटपाट गर्ने उद्देश्यले गोली प्रहार गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सुन पसल गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖