• Thursday 8th of October 2026

तोरीमा छरेको विषादीले नौ वटा मृग मरेको अनुमान


  • धनकुटा खबर
  • .

नवलपुरमा एकैदिन एकै ठाउँमा नौ वटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

सबै मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादी छरेको तोरी खाएर मृगहरू मरेको हुन सक्ने उहाँको भनाइ छ ।

मरेका नौ मृगमध्ये एउटा बच्चा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖