• Thursday 8th of October 2026

नागरिकता बनाउन नसकेपछि अन्जुले रोजिन् मृत्यु


  • धनकुटा खबर
  • .

बर्दियाकी २२ वर्षीया अञ्जु थारुले जति प्रयास गरे पनि नागरिकता बनाउन नसकेपछि कात्तिक २२ गते आ त्मह त्या गरिन्। त्यसो त उनी १५ वर्षको हुँदा विवाह अघि नै ग र्भवती भइन्। त्यसपछि गाउँका पंचायतले अञ्जुलाई मन्दिरमा लगेर अनिल थारूसँग विवाह गराइदिए।

२०७५ मा उनले छोरी जन्माइन्। छोरी जन्मेपछि उनीहरू बीच सम्बन्धमा खटपट हुन थाल्यो। त्यसपछि उनी माइत फर्किइन् र अंशको माग गर्दै जिल्ला अदालत बर्दिया पुगिन्। अदालतले अनिलले पाउने अंशलाई तीन भाग लगाएर दुई भाग अंश अञ्जु र छोरी अनिताले पाउने ठहर गर्यो।

अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण उनले श्रीमानबाट पाएको अंश आफ्नो नाममा ल्याउन सकेकी थिइनन्। नागरिकता नहुँदा उनको छोरीको जन्मदर्ता भएन। अंश दिने न्यायिक प्रक्रिया अवरुद्ध भयो। आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि उनले सात वर्षकी छोरीको जन्मदर्ता गर्न सकेनन्। वडाले ‘बुबाको नागरिकता चाहिन्छ’ भन्दै जन्मदर्ता अड्कायो।

माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो। स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै आ त्म ह त्या गरिन्। उनले आ त्म ह त्या गरेको चार दिनमै छोरीको मृ त्यु को शो कमा रहेका ६१ वर्षीय बुबा कान्छा थारुले पनि आ त्म ह त्या गरे। नागरिकले नागरिकता पाउन नसक्ने यस्तो प्रक्रियाले देशको प्रशासनको कुरूप अनुहारलाई प्रष्ट देखाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖