• Thursday 8th of October 2026

बहादुर यी एमालेका युवा नेता,जसले बाघलाई घरमै बोकेर ल्याए


  • धनकुटा खबर
  • .

बाकेमा नेकपा एमालेका युवा नेता समीर आचार्य ले २० मिनेट सम्म बाघ संग भिडन्त पछी जितेर घाइते बाघलाई बोकेर घरमै ल्याएका छन् ।

उनी हिजो बिहानै बारीमा काम गर्न जादा नजिकैको झाडीमा लुकेको बाघले झम्टेको थियो भने प्रतिकार स्वरूप ज्यान बचाउन उनले बाघलाई हातमा भएको लठ्ठी ले पटकपटक हानेका थिए र २० मिनेट सम्म भएको झडप पछी लठ्ठीले बाघको आँखामा लाग्दा बाघ घाइते भयो र उनले उक्त घाइते बाघ लाई घर सम्मै बोकेर ल्याएका छन् ।

यतिबेला सबैले उनको बहादुरीको खुलेर प्रसंशा गरेका छन् ।

पछिल्लो समय बाकेमा नजिकै रहेको निकुञ्ज बाट बाघ गाउँ प्रवेश गरेर धेरै मान्छे हरुको ज्यान लिने गरेका घटना हरु छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖