• Thursday 8th of October 2026

स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरमा उडाएर बिदाई


  • धनकुटा खबर
  • .

गोरखा-धार्चे गाउँपालिका–२, रुन्चेत। गण्डकी माविमा ३७ वर्षको जीवन समर्पण गरेका प्रअ इन्द्रबहादुर उपरकोटी आफ्ना विद्यार्थीहरूले आकाशैबाट बिदाइ दिएर इतिहास बनाइदिए।

भुईँबाट उड्ने सपना सिकाउने गुरुलाई विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले निवृत्त हुँदै गर्दा विद्यार्थीहरूले पनि ठूलो सम्मान दिए। उपरकोटी उत्तरी गोरखाका विद्यार्थीहरूलाई लामो समयदेखि अध्यापन गर्दै आएका शिक्षक हुन्।

फिनाम जन्मथलो र परिवार भरतपुर बस्ने भएकाले रुन्चेतबाट काठमाडौँ हुँदै, जहाज चढाएर भरतपुर पुर्याउने सबै व्यवस्था भूतपूर्व विद्यार्थीहरूले स्वयम् रकम जोडेर मिलाएका रहेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖