• Thursday 8th of October 2026

शुक्र अस्त हुंदैछन्,नगर्नुस् यी कार्य


  • धनकुटा खबर
  • .

मंसिर २७ गते शुक्रअस्त हुदैछन, माघ १५ गते भित्रको समयमा नया ब्रत प्रारम्भ, भाकल बुझाउन, नया सवारी साधनको किनमेल जस्ता कार्य नगर्नुहोला।

नया घर जग्गा किनमेल नगर्नुहोला, नया घरको जग हाल्न, बिबाह ब्रतबन्ध जस्ता शुभ कर्म पनि शुक्र अस्तको समयमा बर्जित हुन्छ।

यो समयमा कुवा इनार नखन्नुहोला, निर्माणका कार्य सुरु, गृह आरम्भ, गृह प्रवेश गर्न, कुनै देबिदेबताको प्राण प्रतिष्ठा गर्न मिल्दैन, नया ब्रत सुरु गर्न मिल्दैन, ब्रत समापन गर्न मिल्दैन, सोम यज्ञ गर्न हुदैन, बच्चाको केशान्तको कार्य नगर्नु, न्वागी खान मिल्दैन, दीक्षा मन्त्र ग्रहण नगर्नुहोला, बिबाह ब्रत बन्ध लगायत शुभ कार्य नगर्नु, राज्याभिषेक नगर्नु , तिर्थ नजानु पहिलोपटक, लामोदुरिको यात्रा नगर्नु भनेर शास्त्रमा भनियको छ।

पहिलो पटक एकादशी ब्रत, स्वस्थानी ब्रत प्रारम्भ समेत शुक्र अस्तमा बर्जित मानिन्छ।

ग्रह शान्ती तथा पहिले देखी गर्दै आयका नियमित ब्रत कार्य भने गर्न सकिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖