• Thursday 8th of October 2026

गोवाको नाइट क्लबमा ज्यान गुमाएका ५ नेपालीको परिचय खुल्यो


  • धनकुटा खबर
  • .

भारत गोवाको नाइट क्लबमा आ`गलागी हुँदा ज्या`न गु`माएका सबै नेपालीको परिचय खुलेको छ ।

गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्या`न गु`माएका थिए । गोवा प्रहरीका अनुसार ज्या`न गु`माउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।

उनीहरुको श`व नेपाल ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उनीहरुको श`व ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ । घरसम्मै श`व पुर्‍याइदिने पहल भइरहेको छ ।

नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आ`गलागी सुरु भएको थियो । त्यसक्रममा ग्या`स सि`लिण्डर पनि वि`ष्फोट हुँदा आ`गो भ`यावह भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖