सहकारी चोरीमा संलग्न रहेको आरोप नुवाकोटका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २८ वर्षीय दीपक गजुरेल छन् ।
बिहीबार मध्यराति साढे १२ बजेतिर उनले सोह्रखुट्टेमा रहेको एक ट्राभल्सबाट चोरी गरेको पाइएको छ । त्यसैगरी २४ मंसिरमा सिनामंगलमा रहेको राज श्री फाइनान्सबाट पनि रकम चोरी गरेको आरोप छ । उनीबाट प्रहरीले १० लाख २३ हजार ५ सय नगद बरामद गरेको छ ।
पक्राउ परेका गजुरेल यसअघि २२ पटकसम्म मुद्दा चलेका व्यक्ति रहेको भेटिएको छ । उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेको पनि खुलेको छ ।
