• Thursday 8th of October 2026

लमहीको रोयल प्यालेस होटलमा गोली चल्यो, एक जना घाइते


  • धनकुटा खबर
  • .

लमही नगरपालिका वडा नम्बर ५, रातो डाँडा स्थित रोयल प्यालेस होटलमा गोली चलेको छ।

उक्त घटनामा होटलमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन् ।

शनिबार बिहान करिब ११:३० बजेको समयमा होटल परिसरभित्र गोली चलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनापछि प्रहरीले होटलबाट एक थान अवैध हतियार (पेस्तोल) बरामद गरेको छ।

हाल प्रहरीले होटललाई सिल गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖