नेपालीहरूको हृदय विशाल र करुणाले भरिएको हुन्छ।
साथ र माया दिने जो कोहीलाई अपनाउने संस्कारकै कारण नेपाल धेरै बिदेशीका लागि दोस्रो घरजस्तै बन्छ। नेपालको अनुपम भौगोलिक सौन्दर्यसँगै नेपालीहरूको सुन्दर मनले सबैको मन जित्ने गर्छ।
यसको सुन्दर उदाहरण हुन् NPL सिजन-२ की प्रस्तोता Jess Crowe र बर्षौँदेखि नेपाल आवतजावत गरिरहेका लोकप्रिय कमेन्टेटर Andrew Leonard उर्फ तक्लु दाइ ।
परम्परागत नेपाली पोशाकमा उनीहरू झनै आकर्षक देखिएका छन् जेस साडीमा र एन्ड्र्यु ढाका टोपीमा। कति दामी सुहाएको! उनिहरूलाई नेपालीले धेरै माया गर्छन् भने, उनिहरूले पनि नेपाल र नेपालीप्रति उत्तिकै माया देखाएका छन् ।
