• Thursday 8th of October 2026

एकैदिन बढ्यो यति धेरै सुनको मूल्य


  • धनकुटा खबर
  • .

आइतबार नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आइतबार २२ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖