आज सफला एकादशी ।
पौष महिनाको कृष्णपक्षमा पर्ने सफला एकादशी वर्षका २४ एकादशीमध्ये विशेष मानिन्छ।
यस दिन व्रत बस्दा सफलता, समृद्धि र कर्मको शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ।
पद्मपुराणअनुसार यसको फल ठूला महायज्ञभन्दा पनि महान् मानिन्छ र यसले पापबाट मुक्ति तथा कल्याण प्रदान गर्दछ ।
