• Thursday 8th of October 2026

कतारको अलखोर पार्कमा खगेन्द्रप्रसाद र रुद्रकली


  • धनकुटा खबर
  • .

चितवनको हात्तीसारमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्तीलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बुधबार साँझ कतारको अलखोर पार्कस्थित चिडियाघरमा पुर्याइएको छ ।

७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन केन्द्रमा जन्मिएको थियो । यी दुवै वयस्क हात्ती लाई हेर्न कतार स्थित अलखोर पार्कस्थित चिडियाघर भरिभराउ देखिएको थियो ।

रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले रुद्रकलीलाई तलाउमा नुहाइरहेका थिए भने खगेन्द्रप्रसादका माउते पाचुखा थारुले खगेन्द्रप्रसादको पिठ्युँमा फुलबुट्टा भरेर सिँगारिरहेका थिए ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार कतार आइपुगेका दुई हात्ती पर्यटकको आकर्षणको केन्द्र बनेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖