गुल्मी । गुल्मी सदरमुकाम तम्घास बसपार्क क्षेत्रमा रहेको एक ग्यारेजमा आगलागी भएको छ ।
रेसुङ्गा नगरपालिका वडानम्बर–८ मा अवस्थित सुजता अटो वर्कसपमा विद्युत् सर्ट भई आगलागी हुँदा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीका क्रममा वर्कसपमा कार्यरत बिक्रम सुनार घाइते भएका छन् । घाइते सुनारलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए ।
