• Thursday 8th of October 2026

अष्ट्रेलियामा करोडपति बनिन् सोभित बस्नेतकी छोरी, किनिन् १० करोडको घर


  • धनकुटा खबर
  • .

अस्ट्रेलियामा बस्दै आएकी कलाकार सोवित बस्नेतकी छोरी सलिना बस्नेतले करिब १० करोड नेपाली रुपैयाँ बराबरको नयाँ घर खरिद गरेकी छिन्।

हालसम्म अविवाहित रहेकी सलिनाले अस्ट्रेलियामै आफ्नै मेहनतबाट घर किनेको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा खुसीको लहर देखिएको छ।

सलिनाले सामाजिक सञ्जालमार्फत नयाँ घरको चाबी प्राप्त गरिसकेको जानकारी दिँदै यो सफलतामा साथ, सहयोग र हौसला दिने सबैप्रति आभार व्यक्त गरेकी छिन्। उनको यो उपलब्धिलाई धेरैले प्रेरणादायी भन्दै खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा सलिनालाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ।

विदेशमा रहेर मेहनत, लगनशीलता र आत्मविश्वासका साथ सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा सलिनाको यो उपलब्धिलाई युवा पुस्ताले सकारात्मक रूपमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖