• Thursday 8th of October 2026

सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । प्रतिशतका आधारमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖