मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूबिच भएको विवादले उग्र रूप लिएको छ।
करिब ४–५ दिन अघि पोलिटेक्निकका छात्राहरूलाई केही छात्रहरूले जिस्क्याएपछि सुरु भएको विवाद अहिले प्रशासन र विद्यार्थीबिचको द्वन्द्वमा परिणत भएको हो ।
विश्वविद्यालयले केटी जिस्काएको भन्दै अभिभावकसँगको छलफल पछि ४ जना विद्यार्थीलाई निष्कासन गरेको थियो ।
प्रशासनले ती ४ विद्यार्थीहरूलाई १५ दिनका लागि कलेज आउन नपाउने गरी निलम्बन गरेको विश्वविद्यालय स्रोतले जनाएको छ ।-रातोपाटी
