• Thursday 8th of October 2026

बुद्धनगरस्थित शौचालयमा झुण्डिएको अवस्थामा भेटिए प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंस्थित बुद्धनगरमा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ ।

बुद्धनगरस्थित डेरामा बस्दै आएका बलबहादुर मगर झुण्डिएको अवस्थामा फेला परेपछि उनकी श्रीमतीले एभरेस्ट हस्पिटल पुर्‍याएकी थिइन् ।

प्रहरीका अनुसार शौचालयमा झुण्डिएको अवस्थामा फेलापरेपछि मृतक मगरकी श्रीमतीले अस्पताल लगेको प्रहरीलाई बताएकी छन् ।

‘ह्याङ्गिङ गरेको अवस्थामा भेटेपछि श्रीमती ट्रिटमेन्टका लागि लिएर जानु भएछ,’ एक प्रहरी अधिकारीले भने,’हस्पिटलले मृत्यु भएको जानकारी दिएछ ।’

३० वर्षीय मगर प्रहरी प्रधान कार्यालयमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖