• Thursday 8th of October 2026

च्यासलमा खिया लागेको पेस्तोल फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर ९ च्यासलस्थित झाडीमा खिया लागेको पेस्तोल फेला परेको छ ।

मंगलबार गोप्य सूचनाको आधारमा खोज तलास गर्दै जाँदा च्यासलस्थित झाडीमा बेवारिसे अवस्थामा खिया लागेको म्याग्जिन नभएको १ थान चाइनिज पेस्तोल प्रहरीले फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖