• Thursday 8th of October 2026

बल्खुमा कुकुरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । कुकुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिले काठमाडौंको बल्खु क्षेत्रमा कुकुरमाथि आक्रमण गरेका थिए ।

पशु अधिकारकर्मी स्नेहा श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको सडक कुकुर बन्द्याकरण कार्यक्रमअन्तर्गत कुकुर उठाउने क्रममा उक्त कुकुर घाइते अवस्थामा फेला परेको थियो ।

कुकुर टाउको फुटेको अवस्थामा फैला परेपछि कुकुरमाथि आक्रमण गर्ने व्यक्तिको खोजी गरिएको थियो । करिब दुई–तीन घण्टापछि कुटपिटमा संलग्न व्यक्ति पहिचान गरिएको श्रेष्ठले बताइन् ।

कुटपिट गर्ने व्यक्ति रिंकु खत्री रहेको खुलेको छ । उनी घटनापछि भाग्ने प्रयास गरे पनि पुनः नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖