• Thursday 8th of October 2026

कोइला बालेर सुत्दा निसास्सिएर शिशुको मृत्यु, आमासहित ३ जना अचेत


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् ।

‎‎मृत्यु‌ हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् । उनको कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‎‎भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी करिब ३२ वर्षीया तारा, उनकी करिब १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा कोठामा कोइला बालेर सुतेका थिए ।

‎‎आज बिहान ९ : ४५ बजेसम्म पनि उनीहरू नउठेपछि घरबेटीले बोलाउन जाँदा छोरा प्रकाश बुढाले ढोका खोलेका थिए । ‎ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने १० वर्षीय छोरा प्रकाशको अवस्था सामान्य रहेको छ ।

बेहोस भएका सबैलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ छ । अहिले अस्पतालमा ताराका श्रीमान् गोपी बुढाको उपस्थितिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादले बताए।

उनका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्कासहितको प्रारम्भिक कार्य सम्पन्न गरिसकेको छ । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

‎‎चिसोबाट बच्न झ्याल ढोका थुनेर कोइला वा ब्रिकेट बालेर सुत्दा अक्सिजनको कमी भई यस्ता दुर्घटना हुने गरेकाले प्रहरीले सचेत रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖