जापानको टोकियोमा भएको सडक दु र्घटनामा परेर पोखराकी एक युवतीको मृ त्यु भएको छ ।
टोकियोस्थित काचुशिका सिटीको कामेअरीको सडकको जेब्राक्रस पार गर्ने क्रममा डिसेम्बर २८ को राति १०:२५ बजे तीब्र गतिमा आएको कारले ठ क्कर दिंदा पोखराकी प्रीति सुनारको मृ त्यु भएको हो ।
कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले दिएको जानकारी अनुसार , सुनार अध्ययनको लागि २०२३ को जुलाईमा जापान पुगेकी थिइन् र उनी टोकियोको तातसु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत थिइन् ।
