• Tuesday 6th of October 2026

घटस्थापनादेखि नयाँ नोट साट्न पाइने, एक जनालाई १८ हजार ५ सय रुपैयाँको सटही सुविधा


  • धनकुटा खबर
  • .

नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोटको सटही सुविधा सुरु गर्न लागेको छ । घटस्थापनादेखि नयाँ नोटको सटही सुविधा प्रदान गर्नेगरि राष्ट्र बैंकले तयारी थालेको छ ।

यसवर्ष पनि अघिल्लो वर्षझैं १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने जनाइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖