• Saturday 17th of October 2026

आज काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षयताकै कम


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्षयताकै कममा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियसमा ओर्लिएको हो। यो २०८१ सुरु भएयताकै कम तापक्रम हो। यसअघि बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।

महाशाखाको सूचीमा आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम -४.६ डिग्री सेल्सियस छ। अनि सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाँकेको नेपालगन्जमा १३.५ डिग्री सेल्सियस छ। आजको अधिकतम तापक्रम भने बेलुका सार्वजनिक हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖