• Saturday 17th of October 2026

किन बढ्यो कुखुराको मासुको भाउ?


  • धनकुटा खबर
  • .

काठमाडौँ- राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ । जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो ।

भाउ बढाएसँगै संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० र तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ । बजारमा भने जिउँदो कुखुरा र तयारी मासु दुबैको भाउ अहिले नै संघले तोकेभन्दा बढी छ ।

छाता संस्थाले नै भाउ बढाएपछि बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य थप बढ्नेछ । जाडो बढेको र बिहेको लगन परेका महिनामा बढी खपत हुने हुँदा कुखुुराको भाउ वर्षेनी बढ्ने गर्छ । तर, चिसोका बेला उत्पादन भने घट्ने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖