• Saturday 17th of October 2026

बसको ढोकाबाट खसेर काठमाडौंमा दुई यात्रुको मृत्यु,आक्रोशित स्थानीयले गरे गाडी तोडफोड


  • धनकुटा खबर
  • .

बसको ढोकाबाट खसेर काठमाडौंमा दुई यात्रुको मृत्यु भएको छ।

शनिबार बिहान ७:५५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका-८ शेषमतिस्थित शान्तिटोल गेट नजिकै बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उक्त काभ्रेस्थलीबाट रत्नपार्क रूट चल्ने उक्त बसबाट खसेर मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका-५ घर भएका अन्दाजी ४०/४५ वर्षका सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भई हाल लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा छिन्।

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए।

बसका सहचालक गोर्खा घर भएका अन्दाजी १७ वर्षीय निसान बिष्ट घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालक फरार भएका थिए। त्यसपछि त्यहाँका स्थानीयहरू जम्मा भएर बस तोडफोड गरेका थिए।

स्थिति असामान्य बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖