• Saturday 17th of October 2026

एनपिएल हेर्न जाने क्रममा च्यापिँदा दुई प्रहरीसहित सातजना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सातजना घाइते भएका छन् ।

शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सातजना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनका अनुसार, घाइते हुनेमा रुपन्देहीको सिद्धार्थनगर घर भई बानेश्वरमा बस्दै आएका २५ वर्षीय जयन श्रेष्ठ, धादिङको खनियावास घर भर्ई केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका संघीय संसद् सुरक्षा बेस बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र जुम्ला घर भई सोही बेसमा कार्यरत प्रहरी दानबहादुर राउत छन् ।

यस्तै, गुल्मीको कालीगण्डकी घर भई बानेश्वरमा बस्दै आएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सीतापाइलामा बस्दै आएका ३२ वर्षीय केशव आचार्य, बैतडीका केशव नेँगी र रुकुम पश्चिमको मुसिकोट घर भई काठमाडौमा बस्दै आएका ३२ वर्षीय प्रेम खड्गी पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये प्रहरी जवान तामाङको अवस्था गम्भीर रहेको बताइएको छ । बाँसबारीस्थित न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ । काठमाडौंका विभिन्न अस्पतालमा अरू घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖