• Saturday 17th of October 2026

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖