• Saturday 17th of October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक महिला पक्राउ


  • धनकुटा खबर
  • .

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८४० ग्राम कोकिनसहित एक जना महिला पक्राउ परेकी छन्।

आइतबार साँढे ५ बजे सशस्त्र प्रहरी बल नेपालको भन्सार सुरक्षा बेस र भन्सार कार्यालयको संयुक्त टोलीले केन्याकी एक महिलालाई लागुऔषध कोकिनसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार केन्याकी चिलियन किरूबो ओगिटो पक्राउ परेकी हुन्। उनी कतार एयरवेजबाट आएकी थिइन्। उनले हातमा बोकेको ब्यागभित्र डल राखेको भेटिएको थियो।

त्यसमा जाँच गर्दा कोकिन फेला परेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖