• Saturday 17th of October 2026

दाङ दुर्घटनाकी एक घाइतेको मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा दुई दिनअघि भएको बस दुर्घटनाकी एक घाइतेको उपचारका क्रममा बाँकेमा आइतबार बेलुकी मृत्यु भएको छ।

घाइतेमध्ये तुलसीपुर उपमहानगरपालिका– १८ की ३२ वर्षीया इन्द्रा थापाको उपचारका क्रममा आइतबार बेलुकी साढे ७ बजे नरसिंह होम नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले सेतोपाटीलाई बताए।

शुक्रबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका– १८ बिजौरीको डाँडागाउँ नजिक घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटना भएको थियो। त्यसमा २१ जना घाइते भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖