• Saturday 17th of October 2026

पशुपति क्षेत्रको सडकपेटीमा महिला मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार नामथर, वतन नखुलेकी अन्दाजी ३५/३६ वर्षीया महिला मृत फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ ।

मृत महिलाको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकोले शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖