• Saturday 17th of October 2026

बाटो क्रस गर्दा बसले दियो ठक्कर : एक किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट नगरबहादुर विककी छोरी १३ वर्षीया हरिना विकको मृत्यु भएको हो।

उनलाई बाटो क्रस गर्ने समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो बसले गौरीगंगा नगरपालिका–९ रजियाकी हरिनालाई मंगलबार बिहान ६ः२० बजेको समयमा ठक्कर दिएको थियो।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालक घोडाघोडी नगरपालिका–१ का राजेश चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖