• Saturday 17th of October 2026

जिप दुर्घटना, २ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो।

उनीहरुलाई उपचारका लागि अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सूचना अधिकारी दिनेश तिमिल्सेनाले जानकारी दिए।

उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖