• Saturday 17th of October 2026

किन बढिरहेको छ भाडामा प्रेमी प्रेमिका खोज्ने चलन ?


  • धनकुटा खबर
  • .

भनिन्छ पैसाले सबै कुरा किन्न पाइन्छ, तर साँचो प्रेम पैसामा खरी दगर्न सकिँदैन । किनकि प्रेम अमूल्य हुन्छ र केवल भाग्यले मात्र पाइन्छ । प्रेम एउटा यस्तो चिज हो जसको कुनै मूल्य नै हुँदैन । तथापि अहिलेको जमानामा केही देशहरुले यो मान्यतालाई गलत सावित गर्नका लागि प्रेमको मूल्य तय गर्नमा जुटेका छन् ।

यही मेलोमा केही धनी देशहरुमा भाडामा ब्वायफ्रेण्ड तथा गर्लफ्रेण्ड खोज्ने ट्रेण्ड तिव्र रुपमा बढिरहेको छ । यदि कसैलाई प्रेमको केही पल बिताउनु छ, कसैको साथ चाहिएको छ वा कसैको काँधमा आफ्नो टाउको राखेर मनका बह पोख्ने मन छ भने त्यसका लागि निश्चित दररेट तय गरिएको छ।

खसगरी चीन र जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने यस्तो ट्रेण्ड तीव्र रुपमा बढिरहेको छ । जहाँ हरेक चाहना परिपूर्तिका लागि मानिस उपलब्ध छ। ऋहिले यो ट्रेण्डले एउटा व्यवसायको रुप लिइसकेको छ ।

भियतनामको रोचक घटना

हालै दक्षिणपूर्वी एसियाली देश भियतनाममा यहीँ ट्रेण्डसँग सम्बन्धित एउटा रोचक समाचार सार्वजनिक भएको छ । त्यहाँ पनि मानिसहरुले आफ्ना आमाबुवालाई खुसी पार्नका लागि गर्लफ्रेण्ड तथा ब्वायफ्रेण्ड भाडामा लिइरहेका छन् ।

मिन्ह थू नामकी एक ३० वर्षीया कामकाजी युवती प्रेम सम्बन्धको खोजीमा थिइन् । उनका मातापिताले उनीमाथि बिहे गर्ने दबाब दिइरहेका थिए किनकि आफ्नी छोरी त्यस उमेरसम्म पनि अविवाहित रहुन् भन्ने उनीहरु चाहँदैनथे ।

यस्तो परिस्थितिमा मिन्हले उक्त समस्याको अनौठो समाधान निकालिन् । उनले एकजना ब्वायफ्रेण्ड भाडामा लिइन् । समयसँगै भाडाका प्रेमीसँग उनको वास्तविक रुपमै प्रेम बस्यो र सम्बन्ध गाढा बन्दै गयो ।

समाचार अनुसार भियतनाममा एक हप्ताका लागि गर्लफ्रेण्ड वा ब्वायफ्रेण्ड भाडामा लिनका लागि १ सय अमेरिकी डलर बराबरको शुल्क तिर्नुपर्छ । यदि एक महिनाकै लागि भाडामा लिने हो भने त्यसको शुल्क चाहिँ करिब ४० हजार रुपैयाँ बराबरको रकमसम्म पर्नजान्छ ।

जपान र चीनमा पनि बढ्दैछ यस्तो चलन

चीन तथा जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने चलन अहिले सामान्य भैसकेको छ । कैयन् मानिसहरुका लागि यो पछिल्ला दिनमा पैसा कमाउने माध्यम बनिरहेको छ ।

साउथ चाइना मर्निंग पोस्टका अनुसार यसरी भाडामा ब्वायफ्रेण्ड तथा गर्लफ्रेण्ड खोज्नेमा स्वेतपोषी श्रमिक अर्थात् कार्यालयमा काम गर्ने कर्मचारीहरु हुने गरेका छन् । उनीहरुसँग फूल टाइम जागिर हुने तर आफ्नो खाली समयमा भाडाको ब्वायफ्रेण्ड वा गर्लफ्रेण्ड बनाएर राम्रो रकम कमाउने गरेका छन् ।

किन बढिरहेको छ यस्तो ट्रेण्ड ?

विज्ञहरुका अनुसार भाडामा गर्लफ्रेण्ड तथा ब्वायफ्रेण्ड खोज्ने चलन पारम्परिक सम्बन्ध तथा विवाह बन्धनभन्दा फरक सोंचका कारण बढिरहेको छ । पहिले जहाँ मानिसहरु सम्बन्धलाई स्थायी तथा भावनात्मक सम्बन्धको रुपमा हेर्दथे, उनीहरुले अहिले यसलाई एउटा आर्थिक तथा सामाजिक आवश्यकताको रुपमा हेर्न थालेका छन् ।मानिसहरु लामो समयसम्म सम्बन्धमा बाँधिनुको साटो अस्थायी तथा सुविधाजनक सम्बन्धहरुलाई अगाडि बढाइरहेका छन्, जहाँ उनीहरुका अपेक्षा कम हुन्छन् र पारिवारिक वा सामाजिक दबाबलाई पूरा गर्न सकिन्छ ।

यस्तो परिवर्तनका पछाडि एउटा कारण यो पनि हुन्छ कि मानिसहरुले अहिले विवाह तथा दीर्घकालीन सम्बन्धलाई लिएर उतिधेरै प्रतिबद्ध हुन छाडेका छन् । उनीहरुले अस्थायी खालका सम्बन्ध तथा साझेदारीलाई अधिक स्वीकार गर्न थालेका छन्, जसमा भावनात्मक सम्बन्धको साटो सामाजिक वा कुनै खास क्षणमा सँगै हुने कुरालाई जोड दिइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖