• Saturday 17th of October 2026

जहाँ बेहुलीले बिहेको एक महिना अगावै रुन थाल्छिन्, आँसु नआए आमाले कुटेर रुवाउँछिन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । विवाह भनेपछि हामी खुसीको उत्सव भनेर सम्झन्छौँ । तर,के तपाईँलाई थाहा छ संसारमा यस्तो ठाउँ छ जहाँ विवाहमा दुलही रुनै पर्नै बाध्यता छ । एउटा चिनियाँ जनजातिमा विवाह एउटा यस्तो अवसर हो जहाँ दुलही रुनैपर्छ। निस्सन्देह तपाईँलाई यो परम्परा निकै अनौठो लाग्न सक्छ तर यो जनजातिको विश्वास छ कि दुलही रोए मात्र विवाह शुभ हुन्छ ।

कल्पना गर्नुहोस्, एकातिर विवाहको दिन जीवनको सबैभन्दा सुन्दर दिन हो भने अर्कोतर्फ यस जनजातिका केटीहरू एक महिनाअघि नै रोइरहने अभ्यास गर्न थाल्छन् । कयौँ पटक परिवारका सदस्यले उनीहरूलाई धेरै रोउन् भनेर उक्साउँछन् र आँसु नआए बेहुलीकी आमाले छोरीलाई कुटेर भए पनि रुवाउन थाल्छिन् ।

चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा बसोबास गर्ने तुजिया जनजातिको विवाह बिलकुलै फरक हुन्छ । यस जनजातिका मानिसहरू हजारौँ वर्षदेखि यहाँ बस्दै आएका छन् र उनीहरूको विवाहमा दुलहीहरू रोइरहनु धेरै महत्त्वपूर्ण छ।

यो अद्वितीय परम्परा ४७५ ईसा पूर्व देखि २२१ ईसा पूर्वको बिच सुरु भएको विश्वास गरिन्छ । १७ औँ शताब्दीमा यो आफ्नो चरममा थियो। भनिन्छ, जाओ राज्यकी राजकुमारीको विवाह हुँदा छोरीसँगको बिछोडको शोकमा उनकी आमा रोएकी थिइन् । उक्त घटनापछि यस जनजातिमा दुलही रुने चलन सुरु भयो ।

यो अनौठो परम्परा विवाहको एक महिना अघि सुरु हुन्छ, जसलाई दुलहीको परिवारले ठुलो भक्तिका साथ पालन गर्दछ। हरेक दिन बेहुलीले एक घण्टा रोइरहनुपर्ने हुन्छ र यस अवधिमा परिवारका महिलाहरू उनीसँग जोडिएर परम्परागत गीत गाउँछन् । यी गीतहरूले दुलहीको जीवनमा आउने परिवर्तन र उनको परिवारसँगको सम्बन्धको भावनालाई व्यक्त गर्दछ।

पहिलो दिन बेहुली एक्लै रुँदिनन्, उनको साथमा आमा र हजुरआमा पनि मनको रुन्छन् । यो प्रारम्भिक दिन भावनाहरूको यस्तो सागर हो, जहाँ दुलही आफ्नो नयाँ जीवनतर्फ अघि बढ्दै गर्दा आफ्नो पुरानो घर र परिवारसँग जोडिएको महसुस गर्छिन्। यस अवधिमा आमाको काखमा टाउको राखेर मनको पीडा साझा गर्छिन् ।

दिन बित्दै जाँदा दुलहीको आँसु झनै गाढा हुँदै जान्छ र उसको रोदनमा उनको आत्माको प्रतिध्वनि सुनिन्छ। यो प्रक्रिया उसको भित्र नयाँ मानवको जन्म जस्तै हो, जहाँ उसले आफ्नो पुरानो स्वार्थ छोडेर नयाँ जीवन सुरु गर्छिन्। एक महिनासम्म चल्ने यस परम्परामा बेहुलीले आफ्नो घरमा आफन्त र साथीभाइको माया प्राप्त गर्ने गर्छिन् । हरेक दिन यो परम्पराले नयाँ आशा ल्याउँछ र दुलहीलाई महसुस गराउँछ कि उनी कहिल्यै एक्लो छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖