• Saturday 17th of October 2026

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । झापास्थित बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एकजना अधिकृतले बताए ।

काँकडभिट्टाबाट पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको छ । उनको घरमा कामदारको रूपमा राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना पाएपछि उनी पक्राउ परेका हुन् ।

बालिकालाई सामाजिक संस्थासँगको सहकार्यमा प्रहरीले काँकडभिट्टाबाट उद्धार गरेको छ ।

बालिका भारतको आसाम जान लागेकी थिइन् । कलेज ड्रेसमा आसाम हिँडेको भेटेपछि सामाजिक संस्थाका प्रतिनिधिले सोधपुछ गर्दा बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖